२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

५० प्रतिशत छुटमा वडा बासीलाई कोरोना विमा गराउँदै पाँचखालका वडा अध्यक्ष

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • १५०८ पाठक संख्या
  • पाँचखाल/ कोरोनाको महामारी चलिरहेको वेलामा वडाबासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै पाँचखाल नगरपालिका वडा नं ३ र ४ का वडा अध्यक्षहरुले ५० प्रतिशत छुटमा कोरोना विमा गर्न सिफारिस दिन थालेका छन् ।

    रु १ लाखको विमाङ्क बराबरको विमा गर्न रु ६०० आवश्यक पर्ने भएपनि वडागत हिसावमा सिफारिस लैजाँदा ५० प्रतिशत अर्थात ३०० रुपैयामानै कोरोना विमा हुनेछ । पाँचखाल नगरपालिका वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी र वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामाले न्यून आय स्तर भएका तथा आर्थिक अवस्थाकै कारण कोरोना विमा गर्न नसक्ने परिवारका सदस्यहरुको लागि सहयोग पुग्ने बताउनुभयो ।

    वडा नं ४ मा भने अजोड इन्स्योरेन्स कम्पनी मार्फत विमा गर्ने वडा कार्यालयले जनाएको छ । पाँचखाल वडा नं ४ का वडा अध्यक्ष लामाले वडा भित्र रहेका अति विपन्न, एकल विधवा महिलाको हकमा आफ्नो व्यक्तिगत खर्चमा निशुल्क विमा गरिदिने जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस