सिन्धुली / सुनकोशी गाँउ पालिकाको सुनकोशी नदि आसपासको ढुङ्गा गिट्टी बालुवा उत्खनन ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना भएको छ । ढुंगा गिट्टी तथा बालुवा उत्खननमा प्रकृयामा असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं। २ ‘क’ र सुनकोशी गा पा कार्य समिति सिन्धुली तथा नेकपा शुनकोशी गाउँपालिकाले छुट्टा छुट्टै विज्ञप्ती निकलेका छन् । नेपाली काँग्रेसले मंगलबारै सुनकोसी गाउँपालिकामा बेथिति बढ्दै गएको भन्दै चार बुँदे ध्यानाकर्षण पत्र समेत जारी गरेको नेपाली काँग्रेसका नेता देवराज नेपालले जानकारी दिनुभयो ।
नेपाली काँगेसका क्षेत्रीय सभापति बोधबिक्रम थापा र शुनकोशी गा पा कार्यसमिति सभापति चन्द्र श्रेष्ठ द्वारा जारी दुबै ध्यानाकर्षण पत्रमा सुनकोसी नदी किनारका ढुंगा, गिटी र बालुवाको कर संकलन ठेक्कामा मिलेमतो गरी गाँउपालिकालाई घाटा लगाएको, ठेक्काकै बिषयलाई लिएर बाहिरका मानिस आएर कुटपिट गरी अराजकता फैलाएको उल्लेख गरिएको छ ।
ध्यानाकर्षणको पहिलो बुँदामा सुनकोसी नदी किनारका ढुंगा, गिटी र बालुवाको कर संकलनका लागि अघिल्ला बर्षहरुमा छ करोड ९६ लाख रुपियाँसम्ममा ठेक्का लागेकोमा चालु आर्थिक बर्ष ०७७/०७८ मा तीन करोड २० लाख रुपियाँ लिन खोज्ने कम्पनीलाई दर्ता गर्न नदिई मिलेमतोमा एक करोड २० लाख रुपियामा ठेक्का दिई गाँउपालिकालाई ठूलो बित्तिय खाडलमा पारेको उल्लेख छ । त्यस्तै वडा नं। ३ स्थित गणेशस्थान बजार क्षेत्रमा हिरा जर्गामगर, गणेश जर्गामगर र शोभा जर्गामगललाई ठेकेदार राम बोगटी सहितका केही अराजक व्यक्तिले घरमै प्रबेश गरी कुटपिट गरेको र बारम्बार त्यस क्षेत्रमा धरपकड समेत गरी समाजमा त्रास फैलाई अराजकता बढाएको उल्लेख गरिएको छ । सुनकोसी गाँउपालिकाबाट बिनियोजित बजेटमा आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिमा राखी भएको काम भन्दा बढीको बिल पास गराई आर्थिक अनियमितता गराएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । काँग्रेसले सुनकोसी नदी किनारका ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न गर्नु पर्ने प्रारम्भिक बाताबरणिय परिक्षण समेत नगरी चार बर्ष अघिको प्रतिवेदनको आधारमा नदी उत्खनन् गराएर बाताबरणिय प्रदुषण फैलाएको आरोप समेत लगाएको छ ।
बालुवा, ढुंगा गिट्टिको ठेक्का र त्यपछि उत्पन्न विवादलाई लिएर नेकपा शुनकोशी गाउँपालिकाले समेत विज्ञप्ती निकालेको छ ।
नेकपा शुनकोशी गाउँपालिकाका अध्यक्ष रोमनराज गिरी र सचिव लोकबहादुर थापा द्धारा हस्ताक्षरित विज्ञप्तीमा सुनकोशी गाउँपालिकाले गत बर्षको भन्दा कम रेटमा बालुवा, ढुंगा गिट्टिको ठेक्का दिएको आरोप लगाएको छ । नेकपाले उक्त सम्झौता रोकी पुनः इ विडिङ मार्फत ठेक्का खोल्न समेत अनुरोध गरेको छ । यो केशले नेकपा सुनकोशी गाउँपालिकामै विवाद उत्पन्न भएको छ । एक पक्षले गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आर्थिक हिनामिना गरेका आरोप लगाइएको छ भने अर्को पक्षले बचाउ गरेको छ । नेकपा सुनकोशीका कार्यलय सदस्य ज्ञानध्वज लामाले भने नेकपा गाउँपालिकाकाका अध्यक्ष र सचिवले लेटरप्याड दुरुपयोग गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस