२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

कोरोना संक्रमणबाट शनिवार एकैदिन २० जनाको मृत्यु (लिष्ट सहित)

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ४५४ पाठक संख्या
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३र३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २र२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी छ ।

    काठमाडौं–२१ जैशीदेवल, काठमाडौंकी ५१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ३० साउनमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनी उच्च रत्तचापकी विरामी थिइन् ।

    काठमाडौं–३ बसुन्धरा, काठमाडौंका ८३ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ । बीपी स्मृति सामुदायिक अस्पतालमा उपचारत उनलाई शुक्रबार मात्र बलम्बुमा सारिएको थियो ।

    भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ । उनी ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।

    शुक्रबार भक्तपुर अस्पतालमा मृत्यु भएका भक्तपुर–३ भक्तपुरका ८२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका मधुमेहका विरामी उनलाई निमोनिया समेत भएको थियो ।

    बिहीबार मृत्यु भएका ललितपुर–३२ धापाखेल, ललितपुरका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौला रोगबाट पीडित उनी ११ गते पाटन अस्पताल भर्ना भएका थिए र मृत्यु भएको भोलिपल्ट संक्रमण पुष्टि भएको हो ।

    महालक्ष्मी–१, ललितपुरका ६१ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा मृत्यु भएको छ । मधुमेहका विरामी उनी ७ गते अस्पताल भर्ना भएका थिए र ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    भदौया–६ सिराहाका ८४ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या दिएर ६ भदौमा अस्पताल भर्ना भएका उनलाई संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो ।

    तानसेन–८ पाल्पाकी ३० वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर भर्ना भएका उनलाई संक्रमण भएको ७ भदौमा पुष्टि भएको थियो ।

    पोखरा–१४, कास्कीका ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । भदौ ७ गते पेटको अपरेशन गरेका उनलाई १० गते कोराना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

    वीरगञ्ज–२६, पर्साका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर अस्पतालमा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजबाट रिफर भएर कोरोना विशेष अस्पतालमा आएको केही समयमै उनको मृत्यु भएको हो ।

    वीरगञ्ज–१२, पर्साका ३९ वर्षीयको काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ । तराई अस्पतालमा उपचाररत उनलाई शुक्रकार वीरगञ्ज हेल्थकेयरमा ल्याइएको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि क्रिकिटर केयरका लागि स्वास्थ्यकर्मीसहित काठमाडौं रिफर गरिएको थियो ।

    वीरगञ्ज–१२, पर्साकी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । पखाला लाग्नुका साथै श्वास प्रश्वासमा समस्या भएर शक्रबार दिउँसो अस्पताल भर्ना भएकी रक्तचाप समेत निकै कम थियो ।

    गोरखा नगरपालिका–१३, गोरखाका ३८ वर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा शुक्रबार मृत्यु भएको छ । ६ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो ।

    महोत्तरीकी ६२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे पाटन अस्पतालमा मृत्यु भएको छ । पिपरा गाउँपालिका–७, महोत्तरीका ७० बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको प्रादेशिक अस्पताल, जनकपुरधाममा शुक्रबार मृत्यु भएको थियो ।

    भंगहा नगरपालिका–१, महोत्तरीका ३५ बर्षीय पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबा र प्रादेशिक अस्पताल भर्ना भएका उनको शनिबार मृत्यु भएको थियो ।

    निजगढ, बाराकी ४७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मिगौृला रोगबाट पीडित उनलाई डायलालसिस गर्न २७ साउनमा अस्पताल ल्याइएको थियो । त्यही क्रममा कोरोना पुष्टि भएपछि उपचार भइरहेको पथियो ।

    शनिबार न्यूरो अस्पताल, बिराटनगरमा मृत्यु भएका पथरी शनिश्चरे–२, मोरङका ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३ भदौमा अस्पताल भर्ना भएका उनको कोरोना परीक्षणका लागि बिहीबार नै स्वाब संकलन गरिएको थियो, तर शनिबार विहान मृत्यु भएका उनको दिउँसो पोजेटिभ रिपोर्ट आएको छ ।

    गम्हरिया– ३, रौतहटका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा वीरगञ्जमा मृत्यु भएको छ । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि शुक्रबार कोभिड अस्पताल सारिएको थियो ।

    विनयी त्रिवेणी–६, नवलपुरका ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा शनिबार साँझ मृत्यु भएको छ । निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको शनिबार मात्रै कोरोना संक्रमण पुस्टि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस