२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

जनचेतना जगाउँदै देबिस्थान युवा क्लब

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ५८० पाठक संख्या
  • जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि धुलिखेल ९ मा रहेको देविस्थान युवा क्लबले कोरोनाबारे जनचेतनामुलक कार्यक्रमहरुमा जोड दिएको छ ।

    बनेपा हेल्थ केयरको सहकार्यमा देबिस्थान युवा बिकास क्लबले कोरोना संक्रमण बारे समाजमा जनचेतनामूलक पम्प्लेट टास्ने, माइकिङ मार्फत सचेतना सन्देश दिने, राजमार्गको छेउछाउका पसलमा माक्स, ह्यान्ड वास, बाल्टिन, सेनिटाइजर आदि सामाग्री बितरण गरेको हो ।

    क्लबले काभ्रे स्वास्थ्य केन्द्रमा २०० माक्स, ह्यान्ड वास १ वटा, बाल्टिन १ वटा, सेनिटाइजर १ र थरमलगन १ वटा वितरण गरेको क्लबका अध्यक्ष सुमन रानाभाटले जानकारी दिनुभयो । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि माक्सको प्रयोग, साबुन पानीले हात धुनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने आम नगरवासीमा चेतना फैलाउँने कार्य गरेको अध्यक्ष रानाभाटको भनाई छ ।

    कार्यक्रममा धुलिखेल नगरपालिका वडा ९ का वडाअध्यक्ष बसन्त बहादुर रानाभाट, काभ्रे स्वास्थ्य केन्द्रका प्रमुख बर्मा शाही, देबिस्थान युवा क्लबका कार्यसमिति सदस्यहरु लगाएतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस