काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका १३ साँगामा रहेको इस्पाईनल इन्जुरी अस्पतालमा शनिवार साँझ थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले अस्पतालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो समेत असपतालमा मात्र १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्मका संक्रमितमा ७२ जना बिरामी र तिनका कुरुवा, ११ जना तालिमका सहभागी, १ चिकित्सकसहित १७ जना कर्मचारी र ४ जना चमेनागृहका कर्मचारी छन् ।
काभ्रेमा हाल सम्म २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस