२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

आज थप ८८४ जनामा सङ्क्रमण, १२ जनाको मृत्यु

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३७४ पाठक संख्या
  • विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ८८४ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३७,३४० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।

    शनिवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको बताए।

    उनका अनुसार अहिले देशभरि १६,५७८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,१४५ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,४४५ जना घरमै छन्।

    प्रतिक्रिया दिनुहोस