बुटवल । समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध अनलाइन माध्यमबाट गर्न आग्रह गरेको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल ९अनलाइन० माध्यमबाट गर्नरगराउन नगरवासीमा आग्रह गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा यसपटक कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले अनलाईन विधिबाट सोह्र श्राद्ध गर्न–गराउन आह्वान गरिन्छ,’ साथै सोह्र श्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि आग्रह गर्दछौं भनिएको छ ।
सोह्र श्राद्ध यस वर्ष भदौ १७ गतेबाट शुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस