२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

नेपाल आइडल सिजन-३ को विजेता को होला ? (लाईभ सहित)

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३८७ पाठक संख्या
  • काठमाडौं स् देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ।

    अहिले केहिबेरमा शुरु हुने ग्राण्ड फिनालेबाट गायन रियालिलिटी सो नेपाल आइडल-३ को विजेता घोषणा गरिने छ।

    विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो। एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन्।

    हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ। विजेताले नेपाल आइडल-३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन्।

    नेपाल आइडल सिजन-३ को लाईभ

    प्रतिक्रिया दिनुहोस