२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

देशभर ७२ पत्रकारमा कोरोना संक्रमण

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ५४३ पाठक संख्या
  • काठमाडौं / नेपालमा शुक्रबारसम्म ७२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

    प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।

    प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

    बागमती प्रदेशमा १२ जना पत्रकार संक्रमित भएकामा काठमाडौंका ९, ललितपुरका २ र काभ्रे १ जना रहेका छन् ।

    यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन् ।

    प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् ।

    कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

    पत्रकार महासंघ शुक्रबार विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

     

    तस्वीर : अनलाइनखबरडटकम

    प्रतिक्रिया दिनुहोस