२०८० फागुन १३, आईतबार | Sun, 25, Feb, 2024

आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु, आमा सिकिस्त

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३०३ पाठक संख्या
  • कैलाली / कैलालीको पुनर्बास नगरपालिका– १ गणेश बस्तीमा आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु भएको छ ।

    स्थानीय २४ बर्षीया निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विषादी सेवन गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    आमाले आफूसँगै शिशुलाई पनि विष खुवाएकी थिइन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, ‘आमा बाँचिन्, शिशुको मृत्यु भयो ।’

    निर्मलाको अहिले धनगढीस्थित सारथी अस्पतालमा उपचार भइरहेको तर होस् अझैसम्म नखुलेको प्रहरीको भनाई छ ।

     

    तस्वीर : गुगल

    प्रतिक्रिया दिनुहोस