२०८० फागुन १७, बिहिबार | Thu, 29, Feb, 2024

कोरोना संक्रमणमुक्त किशोरीको स्नातक सम्मको पढाई नमोबुद्धका मेयरले बेहोर्ने

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १२५९ पाठक संख्या
  • काभ्रेपलाञ्चोक / नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना संक्रमणबाट मुक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

    विहिवार मात्रै धुलिखेल अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी नमोबुद्ध नगरपालिका ५ की ती किशोरीको घरमै पुगेर नगरमुख तिमल्सिनाले स्नातक तहसम्मको शिक्षाका लागि व्यक्तिगत तर्फबाट खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

    वडाअध्यक्ष बुद्धसिंह तामाङसँगै शुक्रबार ती किशोरीको घरमा पुगेका तिमल्सिनाले किशोरीको परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि आफ्नै खर्चमा उनलाई स्नातकसम्म पढाउने निर्णय गर्नुभएको हो । किशोरी अहिले कक्षा १२ मा अध्ययनरत छिन् । उनको परिवारमा ६ जना रहेका छन् भने परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।

    ती किशोरीले आफ्नो शिक्षाका लागि नगरप्रमुखले अभिभावकत्व ग्रहण गर्नुले आफूलाई अझै अध्ययन अगाडि बढाउन हौसला मिलेको बताईन ।  किशोरीमा कोरोना संक्रमण देखिएपछि साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस