काभ्रेमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । शुक्रवार मात्र २९ जना कोरोना संक्रमित थपिए ।
पछिल्लो समय थपिएका संक्रमित अस्पताल भित्रका छन् । शुक्रवारै थपिएका संक्रमितको संख्या हेर्ने हो भने पनि २९ जनामा २८ जना अस्पताल सँग संबन्धित छन् ।
बनेपा नगरपालिका वडा नम्वर १३ साँगामा रहेको स्पाईनल इन्जुरी अस्पतालमा हाल सम्म संक्रमित हुनेको संख्या ६७ पुगेको छ । जिल्लागत तथ्याङ्क हेर्ने हो भने त्यस अस्पताल र त्यसमा कार्यरत कर्मचारीको परिवारमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै धुलिखेल अस्पतालमा पनि त्यहाँ कार्यरत ३१ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । शिर मेमोरियल अस्पतालमा २, बनेपा १, भुम्लु १, पनौती १ गरी संक्रमित छन् । जिल्लामा १ सय २ भन्दा बढि स्वास्थ्यकर्मी मात्र संक्रमित छन्
त्यस्तै बैदेशिक रोजगारबाट फर्किएका २५, अस्पतालमा विरामी भएका १२, प्रहरी २२, कानुन ब्यवसायी १, जनप्रतिनिधि २, सर्वसाधारण ६१ र कर्मचारी २ जना संक्रमित गरेका छन् । सबैभन्दा बढि बनेपा नगरपालिकामा १ सय २६ जनामा कोरोना देखिएको छ । त्यस्तै धुलिखेल ४९, पनौती १२, पाँचखाल ९, नमोबुद्ध ४, मण्डन देउपुर ३, भुम्लु ९, रोशी ३, तेमाल १, बेथान्चोक १, महाभारतमा २ जना संक्रमित देखिएको छन् ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले अस्पताल वा एउटै परिवारमा भएको संक्रमण समुदायमा फैलिएको नभएको तर समुदायमा पुग्ने सम्भावना भएको कारण सबैलाई सचेत रहन अनुरोध गर्नुभयो । उहाँले समुदायमा कोरोना फैलन नदिन स्वास्थ्कर्मीहरुको टिम परिचालन गरिएको बताउनुभयो । समुदाय, सञ्चारकर्मी र नागरिक समाजको सहयोगमा मात्र संक्रमण नियन्त्रणमा लिन सकिने भएकाले सबै सचेत अवस्थामा रहनको लागि डा. झाले अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस