२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

नेकपाको सचिवालय बैठक स्थगित

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४५६ पाठक संख्या
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

    सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो ।

    कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । त्यही कारण बैठक १८ गतेलाई सरेको छ ।

    बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस