२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

भुँडीले जोगायो ज्यान

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • ११० पाठक संख्या
  • एजेन्सी / कसैलाई भुँडीले सकस हुन्छ । तर एक जना मान्छेलाई भने भुँडीले ज्यान जोगाएको छ ।

    अधिक वजनका एकजना चिनिया पुरुषको आफ्नो ठूलो भुँडीकै कारण ज्यान जोगिएको छ । सरकारी अधिकारीहरुले इनारमा खसेका उनी ठूलो भुँडीकै कारण बिचैमा अडकिएको बताएका छन् ।

     

    हेनान प्रान्तको फुलिउदियान गाउँको आफ्नै घरमा लिउ नामक २८ वर्षिय ति व्यक्ति इनार छोप्न राखिएको काठको चक्का उछिटिएकाले दुर्घटनावश इनारमा खसेका थिए ।

     

    उनलाई पाँचजना अग्निनियन्त्रकले कमिज नलगाएका लिउको कम्मरमा डोरीले बाँधेर उनलाई सकुशल बाहिर निकालेका थिए । उद्धारकर्मि नआइपुगुन्जेल उनी मज्जाले हात बाँधेर बसेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको शारिरीक वजन ५ सय पाउन्ड रहेको वेलायती अखवार दि सनले जनाएको छ ।

     

    तस्वीर : गुगल

    प्रतिक्रिया दिनुहोस