२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

नमोबुद्ध ५ की कोरोना संक्रमित किशोरी निको भएर घर फर्किन्

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ४३१ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाकी कोरोना संक्रमित किशोरी उपचारपछि घर फर्किएकी छन् ।

    १७ बर्षीया किशोरीलाई कोरोना संक्रमण देखिएपछि उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो ।

    पछिल्लोपटक गरिएको पिसिआर परीक्षणमा कोरोमा संक्रमण नेगेटिभ देखिएसँगै बिहीबार उनलाई डिस्चार्ज गरिएको हो । अब उनी १४ दिन होम क्वारेन्टाइनमा बस्नेछिन् ।

    बिरामी भएपछि स्थानीय एक क्लिनिकबाट शिर मेमोरियल अस्पताल बनेपा हुँदै धुलिखेल अस्पताल पुगेकी उनको उपचारको क्रममा पिसिआर परीक्षण गर्दा साउन ३१ गते कोरोना संक्रमण देखिएको थियो । उनलाई कोरोना पुष्टि भएपछि गरिएको कन्ट्र्याक ट्रेसिङको क्रममा उनको परिवारका सदस्य र प्रारम्भिक उपचार गरिएको क्लिनिकका स्वास्थ्यकर्मीमा भने संक्रमण पाइएन ।

    नमोबुद्ध नगरपालिकामा हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये चारजना निको भई घर फर्किएका छन् भने वडा नंवर ११ का एक पुरुषको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्र्याक ट्रेसिङको क्रममा बुधबार वडा नंवर ११ का ३५ जनाको स्वाब संकलन भइसकेको छ भने रिपोर्ट आइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस