२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

कोरोना उपचारमा बढी चलेका औषधिहरु के के होलान ?

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३९७ पाठक संख्या
  • कोरोना महामारीबाट मुक्ती पाउन अब भ्याक्सिन नै आउनुपर्छ भन्ने त हामीलाई थाहा भइसक्यो। तर, भ्याक्सिन नआएसम्म के औषधि प्रयोग गर्ने त । यस बारेमा हामी चर्चा गर्नेछौं ।

    सरूवारोग विशेषज्ञ डा. अनूप सुवेदीले ‘सामान्य लक्षण छ, अलि ज्वरो छ, अलि अलि खोकी लागेको छ, तर रगतमा अक्सिजनको मात्रा ठिक छ, श्वासप्रश्वास पनि ठिक छ भने औषधि नखाए पनि हुने बताउनुभयो । उहाँले यस्तो बेलामा औषधि प्रयोग गर्नु नपर्ने बताउनुभयो ।

    संक्रमित बिरामीको रगतमा अक्सिजनको मात्रा कम भयो र श्वासप्रश्वासमा समस्या आउन थाल्यो भने सबभन्दा बढी फाइदा डेक्सामेथासोन भन्ने औषधि प्रयोग गर्न सकिनेछ । ‘यो एक किसिमको स्टेरोयड हो। यो औषधि नेपालमा धेरै पहिलेदेखि प्रयोग हुँदै आएको छ,’ डा.सुवेदीले भन्नुभयो, दिनमा एकचोटि इन्जेक्सन लगाएनुपर्छ । यो औषधि नेपालमा पर्याप्त छ ।’

    बिरामीको रगत पातलो गर्ने इन्जेक्सन पनि प्रयोग भइरहेको उनी बताउँछन्। ‘कोरोना संक्रमण हुँदा रगत जम्छ। यसले फोक्सोमा समस्या ल्याउँछ। जीवनमै खतरा पनि हुन सक्छ । रगत जम्ने समस्या निवारण गर्न रगत पातलो बनाउने इन्जेक्सन प्रयोग गर्नुपर्ने उहाँको भनाई छ । ‘रेमडेसिभिर भन्ने एन्टिभाइरल औषधि पनि कोरोनाको लागि औषधि चलाईएको छ । एन्टिभाइरल औषधिहरूमा कोरोना बिरामीलाई यो औषधिले फाइदा हने नुसन्धानले देखाएको छ । अहिलेसम्मको प्रयोगबाट यो औषधिले जुन मान्छे निको भएका छन्, ती चाँडो निको भएका छन्। उनीहरूको शरीरमा भाइरल लोड पनि कम देखिएको छ। तर यो औषधि नेपालमा अहिलेसम्म औपचारिक रूपले पाइँदैन। कालोबजारीमा केही पाइएको छ। सरकारले केही दिनअघि निर्णय सच्याएर अलिकति सहजीकरण गरेको छ। अब एक–डेढ सातामा सहज रूपले पाइनसक्ने डा. सुवेदीले जानकारी दिनुभयो ।

    अर्को औषधि भनेको संक्रमित बिरामीलाई गरिने ‘प्लाज्मा थेरापी हो । संक्रमण भएर निको भइसकेका व्यक्तिको रगतमा भाइरससँग लड्ने प्रोटिन ‘एन्टिबडी’ बनेको हुन्छ। त्यही प्रोटिनयुक्त रगतको प्लाज्मा झिकेर नयाँ संक्रमितलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो। यसले संक्रमित व्यक्तिको शरीरमा भाइरस मर्छ र रोग निको हुन्छ भन्ने यो थेरापीको मान्यता हो।

    निको भइसकेका व्यक्तिसँग सरकारी स्तरमै प्लाज्मा आह्वान गर्न सकिन्छ। प्लाज्मा दिँदा कसैलाई केही हानि हुन्न। यो भनेको रक्तदान गरेजस्तै हो। ब्लडप्रेसर वा डाइबिटिज भएका बिरामीले पनि दिन डराउनु नपर्ने डा. सुवेदीको भनाई छ ।

    काँग्रेसका युवा नेता गगन थापा सँगको भनाईमा डा. सुवेदीले अमेरिकी, बेलायत लगायत मुलुकमा परीक्षण भइरहेका भ्याक्सिनको प्रारम्भिक नतिजा प्रभावकारी देखिएको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस