२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

नेपालमा २० हजार भन्दा बढिले कोरोना जिते

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३४२ पाठक संख्या
  • काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ ।

    गएको २४ घण्टामा पाँच सय ६९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    जसमध्ये प्रदेश नम्बर १ मा एक हजार चार सय ९१ जना, प्रदेश २ मा चार हजार चार सय ५८ जना र वाग्मती प्रदेशमा नौ सय ४६ जना निको भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार ६ सय ७० जना, प्रदेश नम्बर ५ मा चार हजार सात सय दुई जना, कर्णाली प्रदेशमा दुई हजार २५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ८१ जना डिस्चार्ज भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस