२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

काभ्रेमा ४ संक्रमित थपिए, १ सय ९० पुग्यो

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६६९ पाठक संख्या
  • काभ्रेमा आज ४ जना कोरोना संक्रमित थपिएका छन् ।

    थपिनेहरुमा बनेपा नपाका ५३ बर्षिय पुरुष, तेमाल गाउँपालिकाका बर्ष ३७ को महिला, पनौती नगरपािलकाका बर्ष ३४ को महिला र धुलिखेल नगरपालिकाका ३ बर्षिय बालिकामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

    हिजो बुधवार राती स्पाईनल इन्जुरी अस्पतालका ६ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यो संगै काभ्रेमा संक्रमितको संख्या १९० पुगेको छ । ६९ जना डिस्चार्ज भईसकेका छन् भने बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । काभ्रेका २ जनाको मृत्यू भएको छ ।

    प्रतिक्रिया दिनुहोस