२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

एकैदिन १ हजार १११ कोरोना संक्रमित थपिए ३५ हजार ५२९ पुग्यो, ५६९ जना डिस्चार्ज

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३०० पाठक संख्या
  • पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस ९कोभिड -१९ का संक्रमित भेटिएका छन् ।

    देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

    यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस