काभ्रे जिल्लाका एक जना पूर्व राज्य मन्त्रीमा कोरोना संक्रमण देखिएको छ ।
केहि समय अघि देखि विरामी भएर उपचार गरिरहनुभएको उहाँमा भदौ १० गते टेकु स्थित प्रयोगशालमा गरिएको परिक्षणमा संक्रमण पुष्टी देखाएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो ।
भाद्र १० गते स्वाब परिक्षणका लागि दिएपनि आज दिउँसो मात्र जिल्लामा रिपोर्ट प्राप्त भएको डा. झाको भनाई छ ।
काठमाडौमा उपचाररत उहाँसँग नजिक रहेका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस