२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

कोरोनाको कारण बिहिवार थप ६ जनाको मृत्यू

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ५२० पाठक संख्या
  • कोरोनाको कारण बिहिवार पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको मृत्यू भएको छ ।

    बाराको हर्दिया–४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यू भएको हो ।

    यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकी नगरकी ७० वर्षकी वृद्ध र कपिलवस्तु नगरपालिका-१ का ५० वर्षका पुरुषको मृत्यू भएको छ ।
    यस्तै कास्कीको पोखरा महानगरपालिका-११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएको छ ।
    योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस