२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

जिल्ला समन्वय समितिका पदाधिकारीलाई कोरोना, काभ्रेमा थपिएका ११ जना बनेपा १३ नं वडाका

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६९१ पाठक संख्या
  • काभ्रेमा बुधवार थपिका ११ जना बनेपा नगरपालिका वडा नं १३ का रहेका छन् । ११ जना मध्ये एकै परिवारका ७ जनामा कोरोना देखिएको छ ।

    उक्त क्षेत्रका ११ र १५ बर्षका बालिका, २३, ४३, ६४, ३५ बर्षका महिला तथा १५ बर्षका बालक सहित २६, ६५, ४० र ५४ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बनेपा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यश्वर मकै श्रेष्ठले जानकारी दिनुभयो ।

    त्यसमध्ये जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका एक जना पदाधिकारीमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा जनप्रतिनिधिमा संक्रमण देखिएको यो दोश्रो हो ।

    ती पदाधिकारीको परिवारका एक सदस्यलाई भदौ ६ गते संक्रमण पुष्टि भएपछि प्रत्यक्ष सम्पर्कमा आएका अन्य सदस्यको स्वाब परीक्षण गर्दा समन्वय पदाधिकारी सहित ७ जनामा संक्रमण देखिएको हो । यसअघि संक्रमण पुष्टि भएका स्पाइनल इन्जुरी पुनस्स्थापना केन्द्रका एक कर्मचारीको परिवारका थप ३ जनामा बुधबार संक्रमण पुष्टि भएको छ । भदौ २ गते ती कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

    बुधबार थप एक सरकारी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
    यो सँगै बनेपा नगरपालिकामा संक्रमण हुनेहरुको संख्या ८१ पुगेको छ भने जिल्लामा संक्रमितको संख्या १ सय ७४ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस