काभ्रेपलाञ्चोक/ काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले आफ्नो ४७ औ जन्म दिनको अवसर पारेर अक्षयकोष स्थापना गर्नुभएको छ ।
दीर्घरोगीहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले जन्म दिनको दिन आफ्ना बुबा आमाको नाममा ५ लाख रुपैयाको कोष स्थापना गर्नुभएको हो । आफ्ना बुबा देवि सिं लामा ७२ वर्षको उमेरमा किड्नीको समस्याका कारण निधन भएको भएको तथा आफ्नै श्रीमती ठुलीमाया पनि छातिको क्यान्सरको उपचार गराई रहनु भएको अवस्थामा उहाँहरुको उपचारको क्रममा अस्पतालमा विरामीहरुले भोग्नु परेको समस्यालाई नजिकबाट नियालेर जो उपचार गराउन असमर्थ छ वा जसलाई थोरै रकमबाट उपचारमा सहज हुन सक्छ त्यस्तो ब्यक्तिलाई कोषबाट सहयोग पु¥याउने उदेश्यले पारिवारीक संरक्षण रहने गरी कोष स्थापना गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष डिबी लामाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष लामाले पहिलो वर्ष ५ लाख रुपैयाको कोष स्थापना गरेको भएपनि त्यसलाई बढाउने जानकारी दिनुभयो । आमा चन्द्रकुमारी र स्व बुबा देवीसि लामाको नामबाट स्थापना गरिने कोषमा परिवारका अन्य सदस्यहरुको समेत योगदान रहनेछ । ‘बुबा आमाको नामबाट प्रतिष्ठान गठन गर्ने र कार्यविधि समेत तयार गरी संचालन गर्ने गरी पारिवारीक छलफल पछि आफुले ५ लाखको कोष स्थापना गर्न लागेको हुँ, अध्यक्ष लामाले भन्नुभयो ।
अघिल्लो वर्षहरुमा अध्यक्ष लामाले बृद्धाश्रम, बालश्रम तथा अन्य क्षेत्रमा बसोबास गर्ने नागरिकहरुका लागि एक महिनाको तलब बराबरको रकमबाट विभिन्न प्रकारको सहयोग गर्दै आउनु भएपनि यो बर्ष कोरोनाको संकटका कारण सहयोग गर्न पाउनुभएन ।
तस्वीरमा गाउँपालिका अध्यक्ष र उहाँको आमा चन्द्रकुमारी लामा
प्रतिक्रिया दिनुहोस