२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

आज ८८५ संक्रमित थपिए, ११ जनाको निधन

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३३० पाठक संख्या
  • देशभर आज ८ सय ८५ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ८ सय ८५ संक्रमित थपिएको जानकारी दिनुभयो ।

    २ जना महिला र ९ जना पुरुषको मृत्यू भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    त्यस्तै काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस