२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

सुनको मूल्य घट्यो, तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोवार

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • २६१ पाठक संख्या
  • पछिल्लो दिनमा सुनको मूल्य घट्दो क्रममा देखिएको छ ।

    साताको पहिलो दिन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ थियो भने मंगलबार ९७ हजार २०० रुपैयाँमा कारोबार भयो भने मंगलवार थप घटेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै बुधबार तेजावी सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदी तोलामा १३१० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस