२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

कार्यदलको १७ पन्ने प्रतिवेदनप्रति नेकपा बरिष्ठ नेता नेपाल असन्तुष्ट

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • २७२ पाठक संख्या
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनप्रति पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

    कार्यदलले शनिबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाइ बुझाएको १७ पन्ने सुझाव प्रतिवेदन सार्वजनिक भएसँगै नेता नेपालले पार्टीभित्रको समस्या समाधान गर्नेगरी प्रतिवेदन नआएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेता नेपालले आफू निकटका नेताहरुसँगको कुराकानीमा समस्या ज्युुँकात्युँ रहेको र प्रतिवेदनले निकास दिनेमा आफू विश्वस्त हुन नसकेको बताएका हुन् ।

    वरिष्ठ नेता नेपालका हकमा भने स्पस्ट प्रतिवेदनमा केही खुलाइएको छैन । यदि सोही प्रतिवेदन अुनमोदन भएमा अब ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने विषय संस्थागत हुनेछ । जुन विषयमा वरिष्ठ नेता नेपालको आपत्ति रहेको बताइन्छ । सो प्रतिवेदनप्रति वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पूर्ण सन्तुष्ट नभएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस