२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

महानायक राजेश हमालले ६ सय चलचित्र प्राविधिकको कोरोना बीमा गराउने

  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७७० पाठक संख्या
  • काठमाडौं । महानायक राजेश हमालले चलचित्र प्राविधिक संघमा आवद्ध ६ सय प्राविधिकको कोरोना बीमा गर्नुहुने भएको छ । । केही समय अगाडि भएको प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटमा हमालले सो प्रतिवद्धता व्यक्त गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिनुभयो ।
    लामाका अनुसार राजेशले ६ सय प्राविधिकको बीमाको अलवा आर्थिक अवस्था कमजोर रहेका केही सदस्यलाई समेत आर्थिक सहयोग गर्ने हुनुभएको छ । हाल प्रविधिक संघमा १३ सय बढी सदस्यहरु रहेका छन् । ती मध्ये करिब ६ सय भने चलचित्रको काममा पछिल्लो समयसम्म पनि सक्रिय प्राबिधिक हुन् । पहिलो चरणमा उनीहरुकै बीमा गरिने उपाध्यक्ष लामाले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस