भुम्लु / जिल्लाको भुम्लु गाउँपालिकाको कार्यलयबाट दिईदै आएको सेवा बन्द गरिएको छ ।
गाउँपालिकाको वडा नं ६, ८ र १० का स्थानीय बासिन्दा तथा गाँउपालिकाको कर्मचारी समेतलाई कोरोनाको संक्रमण देखिएकाले र बाँकी समुदायमा समेत संक्रमण फैलने सक्ने प्रवल संम्भावना देखिएकाले गाउँपालिकाको भदौ ९ गतेको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्मको लागि गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको गाउँपालिका अध्यक्ष गुमानध्वज कुंवरले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाइले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका अरु सेवाहरु बन्द भएको उल्लेख छ ।
त्यस्तै भुम्लु गाउँपालिकाको वडा नं ८ को सम्पुर्ण क्षेत्र सिल गरिएको सूचना जारी गरेको छ । गाउँपालिकाको वडा नं ८ मा एक जना कर्मचारीमा कोराना संक्रमण देखिएपछि बाँकी समुदायमा समेत फैलने सक्ने संम्भावना रहेकाले गाउँपालिकाको मिति २०७७ भदौ ९ गते बसेको बैठकको निर्णय अनुसार अर्को सूचना प्रकाशन नभएसम्म वडा नं ८ को पुरै क्षेत्र सिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस