२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, ३१३ जना डिस्चार्ज

  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३२६ पाठक संख्या
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् ।

    प्रतिक्रिया दिनुहोस