२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

परिवारका सबै सदस्यलाई कोरोना

  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ८१६ पाठक संख्या
  • काभ्रेपलाञ्चोक /जिल्लाको  एउटा परिवारका सबै सदस्यमा कोरोना पोजेटिभ देखिएको छ ।

    बनेपा नगरपालिका वडा नं १३ साँगाका एक परिवारका ५ जना सदस्यमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो । यस अघि उनीहरुको परिवारका एक सदस्यमा कोरोना पोजेटिभ देखाएको थियो ।

    मंगलबार थपिएका संक्रमितहरु मध्ये बनेपा नगरपालिका वडा नम्वर ७ को २४ बर्षिय सुत्केरी महिला हुन । उनको मंगलवार मात्र शिर मेमोरियल अस्पतालमा अप्रेशन भएको थियो । पनौतीमा धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको परिवारमा संक्रमण देखिएको छ । पनौती ९ भण्डारी गाउँ घर भएकी स्वास्थ्यकर्मीको परिवारमा ३ जना र पनौती ५ चौकोट घर भएका एक कर्मचारीको परिवारका एक जनामा संक्रमण देखिएको हो ।

    मंगलवार देखिएका एक संक्रमित भने सम्पर्क व्यक्तिहरुको स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी हुन ।
    धुलिखेल अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मी कर्मचारीमा संक्रमण देखिएको छ । भुम्लुमा पनि एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

    जिल्लामा संक्रमितको संख्या १ सय ६२ पुगेको छ । जस मध्ये ६३ जना निको भएर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ ।

    प्रतिक्रिया दिनुहोस