२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

विदेशबाट फर्किँदा पीसीआर नेगेटिभ भए घर जान पाईने

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४८३ पाठक संख्या
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले नेपाल आएर होटल क्वारेन्टिनमा बस्नुनपर्ने बताउनुभएको छ ।
    विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण भए सिधै घर जान पाउने बताउनुभएको हो ।

    सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

    पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले भने होटल क्वारेन्टिनमा बस्नुपर्ने छ । मन्त्री भट्टराईले अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस