काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका २ जना, सुनसरी, मोरङ, पर्सा, सिराहा, धनुषा र रुपन्देहीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १६३ पुगेको छ ।
मृत्यू हुनेमा काठमाडौंको कागेश्वरी–९ की ४८ वर्षीया महिला, काठमाडौंकी ७४ वर्षीय पुरुष, मोरङको विराटनगर–८ का ६५ वर्षीय पुरुष, पर्साको बिन्दबासिनी गाउँपालिका–३ की ७० वर्षीया बुद्धा, सिराहाका २२ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देही, बटवलका ५४ वर्षीय पुरुष छन् ।
प्रतिक्रिया दिनुहोस