२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

भुम्लुमा स्वास्थ्य प्रयोगशाला स्थापना

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४३५ पाठक संख्या
  • काभ्रेपलाञ्चोक (भुम्लु)/ भुम्लु गाउँपालिकामा स्वास्थ्य प्रयोगशाला (ल्याब) स्थापना भएको छ ।

    गाउँपालिकामा आफ्नै स्वास्थ्य प्रयोगशाला सुरु भएसँगै त्यहाँबाट दर्जनौ परीक्षण आफ्नै स्थानमा हुने भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुंवरले जानकारी दिनुभयो । आईतबार अध्यक्ष कुंवरले भुम्लु गाउँपालिका वडा नं ८ मा रहेको स्वास्थ्य चौकीमा प्रगोगशाला (ल्याब) को उद्घाटन गर्दै ल्याव स्थापना भएसँगै बनेपा धुलिखेल जानुपर्ने बाध्यता बाट गाउँपालिका बासी मुक्त भएको बताउनुभयो ।

    प्रयोगशालामा रगत, दिशा पिसाब लगायतका चेकजाँच हुनु गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले जानकारी दिनुभयो ।

    प्रयोगशाला उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बजगाई, बडाअध्यक्षहरु मोतिलाल लामा, रमेश खरेल, अधिकृत रुपक अधिकारी, स्वास्थ्य शाखाका प्रमुख सुदर्शन भट्टराई लगायत सहभागी हुनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस