काभ्रेपलाञ्चोक काभ्रेका २ जना कोरोना संक्रमित थपिएका छन् ।
सोमवार पनौती ४ निवासी ९ बर्षिय बालक र बनेपा ९ निवासी ३२ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । ९ वर्षिय बालकको आकस्मिक शल्यक्रिया गर्ने क्रममा पिसिआर परीक्षण गर्दा बालकमा कोरोना संक्रमण पुष्टि भएको र हाल आफ्नो निजी आवासमा नै रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो ।
बनेपाका पुरुषमा भने आईतबार साँझनै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा झाले जानकारी दिनुभयो ।
जिल्लामा यो समेत १ सय ४५ जना पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस