काठमाडौं विश्वविद्यालयले कोरोना महामारीका बेला विद्यार्थीलाई शुल्क तिर्न दबाब दिएको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन ।
अनलाइन कक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङ स्नातक तह दोस्रो सेमेस्टरका विद्यार्थीलाई भदौ १५ गतेसम्म शुल्क तिर्न भनेको हो।
स्कुल अफ साइन्सका डिन प्राध्यापक डाक्टर कन्हैया झा र स्कुल अफ इञ्जिनियरिङका डिन डाक्टर डम्बरबहादुर नेपालीले सूचना निकालेर कोर्स रजिष्ट्रेशन फारम भर्न ताकेता गरेका हुन्।
भदौ १५ भित्रमा कोर्स रजिष्ट्रेशन फारम भर्न सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। साथै आफूले तिर्न बाँकी रहेको शुल्क तिरी सोको बैंक भौचर र रजिष्ट्रेशन फारमसमेत इमेलमार्फत् सम्बन्धित डिन कार्यालयमा पठाउन सूचित गरिन्छ,’ डिनद्वय झा र नेपालीले असार ३२ गते निकालेको सूचनामा भनिएको छ।
कोरोना महामारी चलिरहेको बेला लकडाउन र अधिकांश जिल्लामा निषेधाज्ञा भएका बेला विश्वविद्यालयले शुल्क तिर्न दबाब दिएको विद्यार्थीहरूले गुनासो गरेका छन्।
स्कुल अफ साइन्स र इञ्जिनियरिङका कक्षा विगत तीन महिनायता अनलाइनबाट पठनपाठन भइरहेका छन्।
सुचना प्रकाशित हुनासाथ नेपाल विद्यार्थी संघ, काठमाडौं विश्वविध्यालयको अग्रसरतामा विभिन्न ५ विद्यार्थी संगठनले विश्वविध्यालय प्रशासनलाई दवाब दिन चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरेको छन् । विश्वविद्यालयमा रहेका नेविसंघ अध्यक्ष उज्जवल प्रधान, अखिल क्रान्तिकारीका संयोजक सुरेश पाण्डे, अनेरास्ववियुका संयोजक रोचक गौतम, जनता समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष प्रशान्त बलामी र अखिल क्रान्तिकारीका संयोजक दीपक शर्माले भदौ ४ मा विज्ञप्ति निकालेर आन्दोलन घोषणा गरेका हुन्।
संकटको घडीमा विद्यार्थीमा परेको मानसिक तनाब र आर्थिक भार कसरी कम गराउने भन्ने तर्फ ध्यान दिदै एउटा अभिभावकको भूमिका निर्भाह गर्नु पर्ने विश्वविध्यालयको तर्फबाट यस किसिमको त्रुटीपूर्ण र दवाबमुलक सुचना आउनु एकदमै निन्दनिय रहेको भन्दै नेपाल विद्यार्थी संघ काठमाडौं विश्वविध्यलयका अध्यक्ष, उज्वल प्रधानले आन्दोलन विद्यार्थीको जित पछी मात्रै अन्त्य हुने भन्दै, कुनै पनि किसिम को दवाब नलिन सम्पूर्ण विद्यार्थीहरु समक्ष आव्हान गर्नुभएको छ । उहाँले विद्यार्थीहरुको लामो समय देखीको घरभाडा मिनाह गर्ने तिर पनि विश्वविध्यालयले ध्यान पुर्याइ, घरबेटीहरु संग विश्वविध्यालय स्तरबाटनै समन्वय सुरु गर्नु पर्ने तर्क राख्नुभयो ।
स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङमा एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस