काभ्रेपलाञ्चोक/ रोशी गाउँ पालिका–३, सिखरमा ८० वर्षको वृद्ध माथी साँघातिक आक्रमण भएको छ ।
पञ्चवीर लामामाथि शनिबार सांघातिक आक्रमण भएका छन् । शनिबार बिहान स्थानीय पञ्चवीर लामामाथि सांघातिक आक्रमण भएको हो । स्थानीय श्याम लामा, प्रेम लामा र पोते लामाले अचानक आक्रमण गर्दा पञ्चविरको टाउकोमा गम्भीर चोट लागेको छ । साथै छोरा कान्छा लामा, बुहारी लप्साङ् लामा, कान्छीमाया र पासाङ् लामालाई समेत कुटपिट गरि घाइते बनाएको कान्छा छोरा पञ्च लामाले जानकारी दिनुभयो।
घाइते पञ्चवीरलाई नर्भिक अस्पताल थापाथलीमा उपचारको लागि भर्ना गरिएको छ। घटनामा संलग्नहरु मध्ये श्याम लामालाई प्रहरीले पक्राउ गरेको छ भने अरुलाई खोजि गरेको प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो। कुटपिटमा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै छोरा पञ्च लामाले प्रहरीमा उजुरी दर्ता गराएको जानकारी पनि प्रहरी नायब उपरीक्षक थापाले दिनुभयो । घटनामा संलग्नहरुलाई कुनै हालतमा नछाड्ने र कानुन अनुसार कारवाही गरिने जानकारी पनि उहाँले दिनुभयो।
प्रतिक्रिया दिनुहोस