२०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

नमोबुद्ध नगरमा दोस्रो चरणको राहत वितरण

  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३४२ पाठक संख्या
  • भकुन्डे/ कोरोना महामारीका कारण समस्यामा परेका नमोबुद्ध नगरपालिकाका विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गरिएको छ ।

    आइतबारदेखि दोस्रो चरणमा नगरका ६ वटा वडामा राहत वितरण गरिएको हो । यसअघि वडा नंवर १, २, ४, ७ र ११ मा पहिलो चरणमा राहत वितरण गरिएको थियो । दोस्रो चरणमा वडा नंवर ३, ५, ६, ८, ९ र १० मा राहत वितरण गरिएको छ । यस्तै एकल महिलाहरूलाई पनि राहत वितरण गरिएको छ । सम्बन्धीत वडामै स्वास्थ्य सजगतासहित राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, वडा अध्यक्षहरू बुद्धसिं तामाङ, कुलप्रसाद न्यौपाने, मेलवहादुर लामा, रामकृष्ण अधिकारी लगायतले सम्बन्धीत वडाबासीलाई राहत वितरण गर्नुभएको थियो ।

    एलिभेट नेपालको सहयोग तथा समाजसेवी वाङ्चु राप्तेन लामाको समन्वयमा नगरपालिकाका २ सय २० भन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस