दोलालघाट/ राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्ग अन्र्तगत दोलालघाट खण्डमा आवश्यक नै नभएको ठाउँमा ठेकेदार र प्राविधिकले बाटो खन्दा कोशीपूर्व जाने जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अनावश्यक खन्दा कोशीपारी जाने पुल समेत जोखिममा परेको छ ।
मध्यपहाडी लोकमार्गको लागि शुनकोशी नदिमा पुल बनाउने सामान ढुवानीको लागि पुरानो बाटोको पुल सँगैको पहरो खनेर लैजान लागेपछि जोखिमपूर्ण यात्रा सँगै पुल समेत जोखिममा परेको हो । पुल निर्माण स्थलमा अरनिको राजमार्गको बन्देउबाट करिव ३ सय मिटरको दुरीमा भएपनि अनावश्यक ठाउँमा खनिएको भन्दै स्थानीयले विरोध समेत गरे ।
दोलालघाटको वेलडाँडा देखि सुनकोशीको पुलसम्म बाटो खनेपछि पहिरोको जोखिम समेत बढेको छ । अनावश्यक भिर खन्दा केहि दिन अघि परेको पानीले पहिरो समेत गएको थियो । सडकमा आवत जावतमै समस्या भएपछि भुम्लु गाउँपालिकाले जेसिबी नै लगाएर पन्छाउनुपरेको थियो । ‘अनाबश्यक भिर खने, भिर खनेपछि पहिरो गएर सडक सबै बिग्रिएको छ । हालसालै पनि ठुलो पहिरो गएर आवतजावतमा कठिनाई मात्र भएन जोखिम समेत भयो साथै पहिरो खस्ने क्रम जारि छ ।’–एक स्थानीयले भने । त्यहाँका स्थानीयले सामाजिक सञ्जालबाट समेत विरोध गरिरहेका छन् ।
बन्देउवाट ठुलो बाटो भएपनि प्याकेजमा मिटर बढि खनेको देखाउन बनाउने ठाउँ बन्देउवाट नजिक भएपनि ठेकेदारले विओक्यूमा तोके बमोजिमकोे क्वान्टीटी पुर्याउन अनाबश्यक खनेको स्थानीयले बताए । विगत दुई बर्ष देखिनै काभ्रेका दुई पालिका चौरी र भुम्लु तथा रामेछाप जिल्लाका बासिन्दाहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
कोशीपारी जाने पुल बनाउने क्रममा प्राबिधिक अध्ययनले हेभी मेशिन लगाउन नहुने भनेपछि मान्छेद्धारा नै बाटा खनिएको थियो । ‘न वाटो राम्रो खने जोेखिममात्र बढाए, पहिला मेशिन लगाउन नहुने भएर मान्छेद्धारा खनेर कोशीपारीको पुल सम्म सडक बनाईएको हो ।’–पुराना स्थानीयबासीले भने,–अहिलेपनि पानी पर्र्ने वित्तिकै ढुङ्गा र माटो खस्न शुरु हुन्छ ।
यस विषयमा भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवँरले भन्नुभयो,–गौरबको योजना भन्यो, खन्यो । योजनालाई कम्प्लेन ग¥या टेरेन । यो विषयमा लोकमार्ग सँगै कुरा गर्नुस ।’
यस विषयमा मध्यपहाडी लोक मार्गका आयोजना प्रमुखलाई सोध्न उहाँको ९८५११७०९०७ नम्बरमा धेरै पटक फोन गर्दा पनि उठाउनुभएन ।
प्रतिक्रिया दिनुहोस