२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा स्थापना, दैनीक एक हजार स्वाव परिक्षण हुने

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३२२ पाठक संख्या
  • बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना महामारी बढिरहेका बेला कोरोना सँगै अन्य प्रकारका रोगहरुको पहिचान र परिक्षण गर्ने उदेश्यले काभ्रेको धुलिखेलमा प्रादेशिक प्रयोगशाला स्थापना गरेको हो ।

    बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकाका निर्देशक नारायण कार्कीले प्रदेश स्तरका सबै प्रकारका परिक्षण गर्ने र अन्य प्रयोगशालाले पहिचान गर्न नसक्ने खालका रोगहरु समेत प्रयोगशालामा परिक्षण गर्ने बताउनुभयो ।

    धुलिखेल नगरपालिकाले प्रयोगशाला ब्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ । चार वर्ष पछि नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रयोगशालाको भवन निर्माण हुनेछ । दैनीक एक हजार स्वाव परिक्षण गर्ने गरी प्रयोगशालामा जनशक्ति ब्यवस्थापन गरिएको छ । सरकारी स्तरका दरवन्दीमा १३ र करारमा ९ जना कर्मचारीहरुले उक्त प्रयोगशालामा कार्य गर्नेछन् । पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्वन्धी परिक्षण गर्नेछन् भने भक्तपुर र सिन्धुलीमा कोरोना परिक्षणका लागि प्रदेश सरकारले अर्काे प्रयोगशाला स्थापना गरे पछि तीन जिल्लाको मात्रै परिक्षण हुनेछ ।

    धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि नगरपालिकाले आवश्यक ब्यवस्थापनका लागि सहयोग पु¥याएको बताउनु भयो ।

    प्रयोगशलाको शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका सदस्यहरु रत्न ढकाल, चन्द्र लामा र लक्ष्मण लम्साद, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रयोगशालाका निर्देशक नारायण कार्की, धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, , पत्रकारमहासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

     

    तस्वीर : देवराज केसी

    प्रतिक्रिया दिनुहोस