सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले शनिबार अपरान्ह प्रतिवेदन बुझाएको छ।
बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनका आधारमा पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने तयारी छ। कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने निचोड निकालेको छ ।
प्रतिवदेनमा पार्टीको पूर्ण अधिकार प्रचण्डले लिने, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने उल्नेख छ ।
पार्टीको विवाद मिलाउन साउन ३० गते गठित कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएका थिए।
प्रतिवेदनका मुख्य बुँदा यस्ता छन् :
पार्टी एकताको महत्वको आवश्यकता
पद्धति र संस्थागत प्रणाली लागू गर्ने
दुई अध्यक्षको कार्यविभाजन स्पष्ट पार्ने
पार्टी एकताको काम सम्पन्न गर्ने
बाँकी राजनीतिक एवं संगठनात्मक काम तत्काल गर्ने
राष्ट्रिय महाधिवेशनमा जाने गरी तयारी थाल्ने
सरकारको कामको मूल्याङ्कन र मन्त्रिमण्डल हेरफेर
प्रदेश र स्थानीय सरकारको काम प्रभावकारी बनाउने
सीमा समस्या समाधान गर्ने
कोभिड १९ को रोकथाम र उपचार
वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वको प्रतिवेदनअनुसार एमसीसीका विषय टुंगाउने
शान्ति प्रक्रियाका काम टुंगाउने
बाढीपहिरो पीडितलाई राहत
प्रतिवेदन बुझाएलगत्तै कार्यदल विघटन
पार्टी विवाद समाधान प्रस्ताव तयार गर्न पार्टी महासचिव पौडेलेको संयोजकत्वमा गठित कार्यदल विघटन भएको छ । अध्यक्षद्धय ओली र दाहाललाई प्रतिवेदन बुझाएपछि कार्यदल विघटन भएको हो ।
प्रतिक्रिया दिनुहोस