२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३८१ पाठक संख्या
  • वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

    मृत्यु भएका पर्सा बहुदरमाई नगरपालिका ६१ वर्षीय पुरुष शनिबार बिहान ७ बजे र वीरगञ्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष शुक्रबार राति ८ बजे मृत्यु भएको अस्पतालकी मेट्रोन भूमिका अधिकारीले जानकारी दिनुभयो ।

    अस्पतालका अनुसार ५४ वर्षीय पुरुष भदौ ५ गते श्वासप्रश्वासको समस्या लिएर आइसोलेसनमा भर्ना भएका थिए। भने अर्का ६१ वर्षीय पुरुष भदौ ४ गते कोभिड अस्पतालमा भर्ना भएका थिए।

    प्रतिक्रिया दिनुहोस