काठमाडौं/ काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि छुट्याइएका अस्पतालका बेड भरिन थालेका छन्।
कोरोना संक्रमितको उपचारका लागि तोकिएका उपत्यकाका १० सरकारी अस्पतालमा २ हजार ८६८ जनरल बेड, ३५१ आइसोलेसन बेड, १६३ आइसियु बेड र ८७ भेन्टिलेटर रहेकोमा अधिकांश बेड भरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी, उपत्यकाका निजी अस्पताल र मेडिकल कलेजहरुमा ३ हजार ५०३ जनरल बेड, १९४ आइसोलेसन, २९१ आइसियु बेड मात्र कोरोना उपचारका लागि छुट्याइएको छ। यी अस्पतालमा १३६ भेन्टिलेटर छन्।
मन्त्रालयका अनुसार १० सरकारी र १० निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार भइरहेको छ।
कोरोना संक्रमितको उपचार भइरहेका उपत्यका अस्पतालमा रहेका बेड र आइसियुको विवरण :
प्रतिक्रिया दिनुहोस