२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मन्त्रालयको सिफारिस विना कोरोना संक्रमितलाई आइसोलेशन र आईसियूमा भर्ना नगर्न उर्दी

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३५० पाठक संख्या
  • उपत्यकामा कोरोना भाईरस संक्रमण पुष्टि भएका जटिल प्रकृतिका विरामीहरुलाई समेत भर्ना गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस अनिवार्य गरिएको छ । स्वस्थ्य मन्त्रालयको सिफारिस विना काठमाडौं उपत्यकाका अस्पतालहरुले आईसोलेसन र आईसियूमा भर्ना गर्न नपाउने भएपछि सरकारले कोरोना संक्रमितहरुलाई समेत पक्षपात गर्न लागेको भन्दै शंका बढेको छ ।

    अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधीकारीहरुसंग सिधै पहुँचमा हुने कोरोना संक्रमितहरुका लागि अस्पताल भर्ना सहज हुनेछ भने सर्वसाधरणका समस्या पर्ने देखिन्छ । पहुँचवालाहरुले मात्र आइसोलेसन र आईसीयुमा विरामीले भर्ना पाउँनेमा सवत्र्र शंका उत्पन्न भएको छ ।

    स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले एक विज्ञप्ती जारी गर्दै स्वस्थ्य मन्त्रालबाट तोकिएका व्यक्तिहरुको सिफारीस र समन्वयमा मात्रै भर्ना लिन उपत्यकाका अस्पतालहरुलाई उर्दी जारी गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी,डा.माधबप्रसाद लम्साल, डा.नवराज जोशी र डा.कुम्भराज जोशीको सिफारीसमा मात्रै अस्पतालमा कोभिड १९ का भर्ना हुनुपर्ने अवस्थाका विरामीहरुले भर्नाका लागि अनुमति पाउनेछन् ।

    मन्त्रालयका आइसीएस कोर्डिनेटर एबम् निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस अस्पतालमा कोभिड १९ को लागि छुट्याइएको आईसोलेसन तथा आइसीयु बेडहरुमा विरामी भर्ना गर्नुपर्दा क्लिनिकल म्यानेजमेन्ट टिमको सिफारीस र समन्वयमा मात्र भर्ना गर्नुहुन निर्देशन गरीन्छ ।’

    प्रतिक्रिया दिनुहोस