ताल्दुङ्गा भित्री मोटर बाटो भनेर ५० लाख छुट्याइयो ,प्राबिधिकले मूल्याकंन पनि गर्यो ,बजेट पनि फर्स्योट भयो तर बाटो होइन मेरो निजि जग्गा हो भनेर बाटो मै धान रोपियो खेती गरियो अहिले ५० लाखको बाटो नै छैन ( किसानको नाम गोप्य छ है ) यो भन्दा चरम भ्रष्टाचारको दरो प्रमाण के होला ।
त्यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत वाड न १,२,६ च्याल्टि फालमेटार ,दयागाउँ महादेवटार अन्तर्गत सुरुमा १५ लाख ,त्यही शीर्षकमा थप १० लाख त्यही शीर्षकमा थप २७ लाख गरि कुल ५२ लाख बजेट चरम अनिमियता भएको भन्दै प्राबिधिकले मुल्यांकन गर्न नै मानेन संगयोगले प्राबिधिकको म्याद सकेको रहेछ तर पुन म्याद थप गरि प्राबिधिक राख्न मिल्ने तर त्यही मूल्याकंन गर्न नमानेको भन्दै प्राविधिकले नै गाउँपालिका छोडनु पर्यो पछि प्राबिधिक लान सकेन ,स्वारोजगार कार्यक्रम अन्तर्गत परेको बजेटले उपभोक्तले गर्नु पर्ने प्रबाधान छ ,तर वाड अध्यक्ष ज्यु स्वयंको जेसिबि बाट रोड जोत्नु अर्को गतिलो प्रमाण हो ।
त्यस्तै हेलटार ताल्दुङ्गा सडक स्तरउन्न्ती गाउँपालिका बाट बजेट २० लाख प्रदेश सरकारको ५० लाख बाट स्तर उन्नती गरेको बाटोको हबिगत स्थलगत निरक्षण गर्नुस ,भैंसी हिंड्न् गर्हो छ ।
त्यस्तै फालमेटार ,ताल्दुङा सडक मा शेखर लामा उपभोक्त समितिको अध्यक्ष भएर काम गरेको ५० लाखमा ३५ लाखको मात्र काम गरेको बजेट सक्यो भनी डोजर फिर्ता गर भनी जनप्रतिनिधिले निर्देशन गरि १५ लाख बजेट फ्रीज गराएको ।
त्यस्तै शैक्षिक सस्था तर्फ जनबिकास उमाबि ताल्दुङामा भुकम्प प्राबिधिक कर्यालय अन्तर्गत १ करोड ५० लाख बजेटबाट अरु सबै ठाँउको समय सिमा भित्र भबन निर्माण भैसकेको अबस्थामा जन बिकासको भबन बन्न सकेको छैन ,यस्को कारण के होला ? खोजी रहन्छ …….. संगै प्रदेश सरकारले बिद्यालयमा चर्पी बनाउन १५ लाख बजेटबाट किन बनेन चर्पी ,भएको चर्पी भत्काएर नयाँ बनाउन नसक्नु ,अनि बिद्यालयको हरि बिजोक गर्नु हुन्छ ? (स्मरण रहोस १५ लाख बजेट फ्रीज भैसकेको छ ) जनताले कस्लाइ पत्याउछ ,पत्याउदैन समयको खेल हो ,जित्यो भन्दैमा खानीखोला बासी लाई अन्धो नसोचेको भए राम्रो । (नोट : निरन्तर कालो कर्तुत हरु बहिरा ल्याउने नै छु ।
क्षेत्र लामा, खानीखोला ४ को फेसवुक पेजबाट
प्रतिक्रिया दिनुहोस