काभ्रेपलाचोक/ सुख्खा पहिरो खसेर बेपत्ता भएकी महिला अझै फेला परेकी छैनन् ।
सुख्खा पहिरो खस्दा बनेपा नगरपालिका वडा नं. ३ तीनघरेमा एक महिला बेपत्ता भएकी थिईन । घाँस काट्न काँक्रेबाट तीनघरे गएकी ५२ वर्षीया मैया बजगाई पहिरोमा परी बिहीबार दिउँसोबाट बेपत्ता भएकी हुन् ।
बिहीबारबाटै नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले उद्दार जारी राखेको भएपनि अझैसम्म फेला नपरेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
बिहीबार साँझबाट बर्षा सुरु भएपछि रोकिएको उद्धार कार्य शुक्रबार बिहानैबाट जारी राखिएको छ । शुक्रवार साँझ सम्म पनि महिला फेला नपरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस