२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

कोरोना संक्रमणको परीक्षण तथा उपचारमा १३ अर्ब खर्च, पिसिआर टेष्टको लागि मात्र ३ अर्ब १९ करोड

  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३५५ पाठक संख्या
  • सरकारले अहिलेसम्म कोरोना संक्रमणको परिक्षण तथा उपचारमा १३ अर्ब खर्च गरेको जनाएको छ । कोरोनामा कति खर्च भयो भनेर संसद र सडकमा माग उठिरहेको बेलामा सरकारले सार्वजनिक गरेको खर्च विबरणमा १३ अर्ब खर्च भएको जनाएको छ ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना संक्रमणको आरडीटी र पीसीआर परीक्षणमा मात्रै ३ अर्ब १९ करोड खर्च भएको जानकारी दिनुभयो । अहिलेसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको आरडीटी र पीसीआर परीक्षण गरिएको छ । एकजनाको परीक्षणमा ५ हजार ५ सय रुपैयाँ खर्च हुन्छ । यो खर्चमा पीपीईलगायतको अन्य खर्च समावेश छैन । गौतमका अनुसार सबै परीक्षणमा अहिलेसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।

    नेपालमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसो गर्दा एउटा पोजेटिभ केस पत्ता लगाउन राज्यले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस