२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

चार्टर तथा उद्धार उडानलाई पुनः सुचारु गर्ने मन्त्रीपरिषको निर्णय

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३१२ पाठक संख्या
  • विदेशबाट आउनेले सात दिन होटलमा अनिवार्य बस्नुपर्ने, १० वटै सीमा नाकामा कडाइ, काठमाडौं छिर्नै नपाइने

    काठमाण्डौं/सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।

    अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ । उनीहरुलाई हवाइ मार्गबाट तोकिएको मापदण्डअनुसार सीमित संख्यामा मात्रै मानिसहरु ल्याउने र उनीहरुलाई सात दिन अनिवार्य होटल क्वारेन्टिनमा राखेर कोरोना नरहेको पुष्टि भएपछि मात्र घर जान दिने निर्णय भएको छ ।
    त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको स्रोतले बतायो । होटल खर्च आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा भने स्थानीय समितिले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस