सिन्धुपाल्चोक / गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये ३० जनाको शव फेला परेको छ ।
विहिबार थप पाँचको शव फेला परेको थियो । तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १४ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् । अझै ९ जना बेपत्ता छन् ।
बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस