काभ्रेपलाञ्चोक/ काभ्रे जिल्लाका प्रहरी कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढि देखिएको छ ।
बुधबार साँझसम्म संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत १९ प्रहरी कर्मचारीमा र धुलिखेल अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।
बनेपाको शिर मेमोरियल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएर निको भइसकेको छ । धुलिखेल अस्पतालका डाक्टर, नर्स र वार्ड ब्वाइ समेत संक्रमित देखिएपछि अस्पताल प्रशासनले अर्को सुचना जारी नभएसम्म अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेको छ भने संघीय प्रहरी इकाई कार्यालय पनि शिल गरेको छ । त्यस्तै शिर मेमोरियल अस्पतालमा र स्पाईनल इन्जुरी पुर्नस्थापना केन्द्रमा सकेत कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्यकर्मीपछि जिल्लामा संक्रमितहरुको संख्या प्रहरीमा धेरै देखिएको हो । संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत १९ प्रहरी कर्मचारी, उनका परिवारका सदस्य र जिल्ला प्रहरी कार्यालय काभ्रेका घर विदाबाट फर्किएका तीन प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले घर विदाबाट फर्किएका प्रहरी कर्मचारीलाई क्वारेन्टिनमा राखेकाले थप संक्रमण हुन नपाएको जनाएको छ । त्यस्तै धुलिखेलमा ९८ बर्षिय जेष्ठ नागरिक मार्फत उनका परिवार, उनलाई भेट्न जाने आफन्त १० जनामा संक्रमण देखिएको छ ।
संक्रमित मध्य ९८ बर्षिय जेष्ठ नागरिकको निधन भएको छ ।
जिल्लामा स्थायी ठेगाना भई अन्यत्र पेशा ब्यवसाय गर्ने थुप्रै जिल्लाबासीहरु संक्रमित भएका छन् ।
संक्रमितहरु मध्ये अधिकांश लक्षण नभएका ब्यक्तिहरु छन् । संक्रमित मध्ये केहि उपचारको क्रममा छन् भने केहि निको भएर घर फर्किएका छन् ।
संक्रमित मध्ये ३५ जना निको भएर फर्किएका छन् भने अरु उपचारको क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झाले जानकारी दिनु भयो ।
जिल्लामा हाल सम्म संघीय प्रहरी १९ र जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारी, बैदेशिक रोजगारबाट फर्किनेहरु मध्ये २५ जना कानुन ब्यवसायी १, स्वास्थ्यकर्मी १६, अस्पतालमा कार्यरत कर्मचारी १, जनप्रतिनिधि १, समुदायमा रहेका अन्य ब्यक्तिहरु ३७ जना गरी १०३ जना ब्यक्तिहरु संक्रमित भएका छन् ।
पत्रकार देवराज केसीको सहयोगमा प्रकाशित
प्रतिक्रिया दिनुहोस