२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

रुपन्देही र बारामा १/१ जना कोरोना संक्रमितको मृत्यू

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २७३ पाठक संख्या
  • रुपन्देही र बारामा कोरोना संक्रमणबाट थप एक/एक जनाकोे मृत्यु भएको छ ।

    कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै रुपन्देहीको देवदहमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह मेडिकल कलेज भलुहीमा उपचाररत देवदह नगरपालिका-३ स्थित शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो ।

    देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशिनाथ बञ्जाडेका अनुसार बुधबार मात्रै ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस